प्रधानमन्त्रीले लिए जाजरकोटमा क्षतिको विवरण

भूकम्पले क्षतिग्रस्त भएको जाजकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्।

प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र केही बेरमा स्थलगत अध्यननका लागि जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीसँगै उर्जामन्त्री शक्ति बस्नेत पनि जाजरकोट गएका छन्। उनी जाजरकोटकै हुन्।

गएरातीको भूकम्पमा परि जाजरकोट र रुकुममा अहिलेसम्म १२८ जनाको मृत्यु भइसकेको छ। जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोट गएका थिए।
हेलिकप्टरमा औषधीसहित र १६ जना चिकित्सकको टोली पनि  प्रधानमन्त्री प्रचण्डसँगै भूकम्प
प्रभावित क्षेत्रमा गएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्।


१८ कात्तिक २०८०, शनिवार ०९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु