कालीगण्डकीमा स्नान गर्नेक्रममा आमाको निधन , छोरा घाइते

पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीस्थित कालीगण्डकी स्नान  गर्नेक्रममा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । यस्तै, नदीमा बगेर चार वर्षीय बालक घाइते भएका छन् ।

पर्वतको बिहादी गाउँपालिका–६ शालिग्रामबाट सेतीबेनीमा कालीगण्डकी नदीमा नुहाउन गएकी २५ वर्षीया रितु भट्टराईको मृत्यु भएको हो । कालीगण्डकी स्नान गर्न गएका एकै परिवारका चार जनामध्ये चार वर्षीय बालकलाई नदीले बगाएपछि उद्धार गर्न जाँदा आमा रितुलाई पनि बगाएको थियो ।

दुवैजनालाई उद्धार गरी कालीगण्डकी अस्पताल मिर्मिमा पुर्‍याउने वित्तिकै आमाको मृत्यु भएको हो भने चार वर्षीया बालक रियान भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घाइते बालकलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ । नुहाउन गएका बच्चाका बुवा र मृतककी बहिनी भने सकुशल रहेको प्रहरीले जनाएको छ । 


१७ कात्तिक २०८०, शुक्रवार २३:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु