punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुरु भयो बडीमालिका तीर्थयात्रा

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडीमालिका धार्मिक तथा प्राकृतिक पर्यटनको दृष्टिबाट प्रचुर सम्भावना नै सम्भावा बोकेको प्रर्यटकीए क्षेत्र हो । उक्त बडीमालिका मन्दिरमा हरेक वर्ष जनै पूर्णीमाको दिन देखि मन्दिरमासर्दालु भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।

बडीमालिकाको दर्शन गर्न कैलाली, डडेलधुरा, डोटी , दाचुर्ला, बझाँङ्ग, अछाम, बाजुरा, जुम्ला, कालीकोट, काठमाडौँ, भारतको गडवाल, सिक्कीम, लगाएतका ठाँउबाट भक्क्तजनहरु बडीमालिको दर्शन गर्न हिडीसकेका छन् । भने उक्त क्षेत्रमा जनैपुर्णीमाको दिनमा राति २ बजे देखि नै भक्क्तजनहरु पुजा गर्नको लागि लाम्मबन्द हुन्छन् ।

पर्यटनको लागि बडीमालिका भूस्वर्गनै हो ? धार्मिक पौणाणिक कथा, अनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष, प्रजावतिले यज्ञ गर्ने समयमा महादेवलाई नवोलाएको र सति देवी ले दक्ष प्रजापतिको यज्ञ, स्थलमा गएर पितासित आफ्नो पति महादेवलाई किन नवोलाएको कारण सोधेकी थिईन, उक्त समयमा दक्ष, प्रजावतिले भनेका थिए , महादेव, भाङ्ग, धतुरो, खाने सम्सान घाटमा बास बस्ने, धाँटीमा सर्पको माला लगाएर जटाधारी कपाल पालेको भेषमा रहने शरिरमा खरानी घस्ने बाघको, छाला, लगाएर बस्ने, शोभाव नभएकालाई आफ्नो यज्ञमा नबोलाएको बताए । दक्षले त्यस्तो उत्तर दिएपछि सतीदेवीले आफ्नो पतिलाई हेला गरेको भन्दै सतीदेवीले यज्ञ कुण्डमा हामफालेर देह त्यागेकी थिएन्

सतीदेवीको विलापमा परेका महादेवले सतीदेवीको मृत लास पिठीउँमा बोकेर हिडेका महादेव जहाँ सतिदेवीको अंग पतन भयो त्यहाँ त्यहाँ शक्क्ति पिठको स्थापना भएकाले बडीमालिकामा पनि सतीदेवीको अंग पतन भएकाले बडीमालिकामा शक्तिm पिठको रुपमा स्थापित भएकी हुन् । त्यहाँ गएर दर्शन गर्दा मनले सोचेको वा मागेको फल प्राप्त हुने भएकाले भक्क्तजनहरु कष्ट सहेर पनि त्यहाँ जाने गरेको पाइन्छ ।

बाजुराको बडिमालिकामा तिर्थयात्रा सुरु ्र
उक्त क्षेत्रमा विभिन्न किसिमका जडी, बुटीहरु, कन्दमुल, पाँचअ‍ैले, पदमचारो, कटुकी, गधाल्नु, भिडायती, आदि पाइने गरेको छ भने, करिब सय भन्दा बढी प्रजातिका फूलहरु समेत पाइन्छ ।

उक्त क्षेत्र समुुद्री सतह देखि ४ हजार २ सय १६, मिटर उचाईमा रहेको छ सुदूपश्चिमकै, प्रसिद्र, धार्मिक तथा पर्यटकीय, क्षेत्र, बोकेको उक्त, बडीमालिका क्षेत्रमा हरेक वर्ष भक्तmजन आउने गरेका छन् ।

बडीमालिका मन्दिरमा स्थानिएका अनुसार जे आफूले मनले सोचेको छ जे बर माग्छु भनेर घरबाट गईन्छ । उक्त मन्दिरमा पुजा गर्ने , कर्ममा मागेमा पुरा हुने भक्तजन बताएउछन् ।
स्थानिएका अनुसार सोही क्षेत्रमा प्रर्ने नाटेश्वरी मन्दिरमा एक दिन बास, बस्ने गरेको र पछिल्लो दिन सोही क्षेत्रमा करीब २ सय देखि करिब ५ सय सम्म बोकाहरुको बली चढाईने गरिन्छ ।

सो क्षेत्र, निकै पर्यटकीय तथा धार्मिक सम्भावना नै सम्भावना बोकेको क्षेत्र हो । नेपाल लगाएत भारतको गडवालबाट समेत दर्शन गर्न भक्तजनहरु हिँडी सकेका छन् । डोटीको शैलेश्वरी मन्दिरबाट सरकारी टोली समेत हिडीसकेको छ ।


९ भदौ २०८०, शनिवार १४:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु