punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा ८ को परीक्षामा शुल्क नलिन निर्देशन

Chaupati
safha napa

शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा-८ को परीक्षामा कुनै पनि शुल्क लिने व्यवस्था नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ । शिक्षा मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/०८१ मा कुनै पनि शुल्क लिन नहुने उल्लेख छ।

शिक्षा मन्त्रालयका अनुसार कक्षा-८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण एवं विद्यार्थी मूल्यांकन स्थानीय तहले कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरणसम्बन्धी मापदण्ड, २०७६ राष्ट्रिय परीक्षा बोर्डबाट विकास भएको परीक्षा ढाँचाको परिधिभित्र रही परीक्षाको स्तरीयता, प्रमाणीकरण र एकरूपता कायम हुने गरी परीक्षा समितिमार्फत परीक्षा सञ्चालन गर्ने गराउनुपर्ने छ । ‘परीक्षा सञ्चालन गर्दा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीसँग शुल्कबापत कुनै रकम नलिने गरी स्थानीय तहले परीक्षा सञ्चालन गर्ने, परीक्षालाई स्तरीकृत गरी अभिलेख व्यवस्थापन तथा विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्ने,’कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख छ ।


९ भदौ २०८०, शनिवार १२:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु