punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीमदत्त नगरपालिका का पूर्वमेयर सुरेन्द्र विष्टविरुद्ध विशेष अदालतमा थुनछेक बहस सुरु

Chaupati
safha napa

अख्तियारले राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा दायर गरेको मुद्दामा भीमदत्तका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टविरुद्ध थुनछेक बहस सुरु भएको छ । भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्टविरुद्ध अहिले विशेष अदालतमा थुनछेक बहस सुरु भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा दायर गरेको मुद्दामा थुनछेक बहस हुन लागेको हो ।

आयोगले १० असारमा उनीसहित १२ जनाविरुद्ध दायर गरेको मुद्दामा आज भने विष्टविरुद्ध मात्रै थुनछेक वहस हुन लागेको हो । अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १२ जना तथा भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।यसअघि प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्ट, इन्जिनियर हिमालयसिंह ऐरलगायतविरुद्ध थुनछेक बहस भइसकेको छ।


५ भदौ २०८०, मंगलवार १५:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु