punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम विश्वविद्यालयमा थप अर्को ताला

Chaupati
safha napa

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ। यस्तै केन्द्रीय कार्यालयमा पनि ३७ दिनदेखि तालाबन्दी हुँदा त्यहाँका कर्मचारी घरमैं बसिरहेका छन्।

समाजशास्त्र छैठौं सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहरिएपछि १८ साउनमा परीक्षा नियन्त्रण कार्यालयमा लगाइएको ताला अझैं नखुलेको हो। प्रश्नपत्र हुबहु दोहरिएको भन्दे नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले तालाबन्दी गरेको हो। ताला नखुल्दा प्रश्नपत्र निर्माण गर्ने, भइसकेका परीक्षाका उत्तरपुस्तिका जाँच गर्नेलगायतका काम ठप्प भएका छन्।

परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार ६ पटक वार्ता भइसके पनि अनेरास्ववियूले ताला खोलेको छैन। प्रश्नपत्र सेट गर्ने व्यक्तिलाई भने १ वर्ष परीक्षा सम्बन्धी काम गर्न नपाउने गरी निलम्बन गरिएको छ। तालाबन्दी गर्ने एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला संयोजक प्रज्वल कुँवरले प्रश्नपत्र सेट गर्ने व्यक्तिमाथि भएको कार्वाही विज्ञप्तिमार्फत् सार्वजनिक नगरेसम्म ताला नखोलिने बताए।


५ भदौ २०८०, मंगलवार १५:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु