सुदुरपश्चिमका मुख्यमन्त्री शाह र नेपालका लागि स्विजरल्याण्डका राजदूतबीच भेट
कैलाली । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसंग नेपालका लागि स्विजरल्याण्डका राजदूत मियर म्याथियसले शिष्टाचार भेट गरेका छ्न् ।
बुधबार सुदुरपश्चिम सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा म्याथियसले शिष्टाचार भेट गरेका हुन् ।
त्यस अवसरमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमको सडक पुर्वाधार , शिक्षा, स्वास्थ्य, गरिबी न्युनीकरण र ग्रामीण विकासको क्षेत्रमा स्वीस सरकारको महत्वपूर्ण योगदान रहेको र प्रदेश सरकारसंग विकासका लागि सहकार्य गर्न जोड दिएका थिए ।
राजदुत म्याथियसले स्वीस सरकार प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम, स्थानीय विकास, सुरक्षित आप्रवासन, प्राकृतिक स्रोत व्यवस्थापन, सामुदायिक वन, यातायात र कृषिलगायतका क्षेत्रमा सहयोग गर्न र प्रदेश सरकारसंग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।
२४ साउन २०८०, बुधवार २०:१४ बजे प्रकाशित













