‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ बैतडीकी सरस्वती नेपालीलाई
काठमाडौँ । अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ बैतडीकी सरस्वती नेपालीलाई प्रदान गरिएको छ ।
एक प्रशंसित सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षको रूपमा, सरस्वतीले नेपालमा सीमान्तकृत जाति, अपाङ्ग र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्षभन्दा बढी समय बिताएको उल्लेख गर्दै अवार्ड दिइएको हो ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । उनले २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभाव विरुद्धको मुद्दाहरू जितेको दूतावासले जनाएको छ ।
दूतावासले सम्मान र समानताको खोजीमा उनको योगदान साहस र समर्पणको उदाहरण रहेको जनाएको छ ।
२५ साउन २०८०, बिहीवार ०९:१७ बजे प्रकाशित













