पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

धनगढी । सुदूरपश्चिमको सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग अन्तरगतको सडक अवरुद्ध भएको छ।

सोमबार राति गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको हो । भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने राजमार्ग हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका ४  बुढीतोला, खानीडाँडा लगायत चार पाँच ठाउँमा पहिरो गएको छ ।

सडक अवरुद्ध भएपछि अहिले दर्जनौं सवारी साधन र यात्रुहरु बाटोमै रोकिएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालका अनुसार पहिरो हटाएर सडक खुलाउने काम भइरहेको छ ।

 

 


२३ साउन २०८०, मंगलवार ११:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु