धनगढीमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालन

धनगढी ।  धनगढीमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।

सोमबार एक समारोहका बिच धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले सो चार्जिङ स्टेसन उद्घाटन गरेकी थिइन् ।

देशभर चार्जिङ स्टेसन नेटवर्क निर्माण गर्ने प्राधिकरणको योजना अन्तर्गत धनगढीमा पनि चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।

चार्जिङ स्टेसनमा १४० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ । जसमा समान ६० किलोवाटका दुई ओटा डीसी चार्जर र २२ किलोवाटको एसी चार्जर राखिएको छ ।

रकम भुक्तानीका लागि विद्युत प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेसनमा क्यूआर कोड  राखेको छ । जस्लाई स्क्यान गरी मोबाइल एपबाटै रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

यस स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा बिहान र बेलुका १० रुपैयाँ ४४ पैसा प्रति युनिट, दिउँसो आठ रुपैयाँ प्रति युनिट राति ११ बजेपछि बिहानसम्म ६ रुपैयाँ प्रति युनिट शुल्क तिर्नुपर्ने हुन्छ ।


२२ साउन २०८०, सोमवार २१:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु