बैतडीमा ७ तोला सुन बरामद

बैतडीमा ७ तोला सुन बरामद भएको छ। जिल्लाको पाटन नगरपालिका–८ मा पर्ने खोड्पेबाट उक्त सुन बरामद गरिएको हो। काठमाण्डौबाट दार्चुला गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १३०१ नम्बरको बसले छाडेको केहि सामाग्रीमा सुन भेटिएको प्रहरीले जनाएको छ।

खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरुले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले बताएको हो। सो सामान पाटन नगरपालिका–८ का एक स्थानीयका आफन्तले काठमाण्डौबाट औषधी भन्दै पठाएको खुलेको छ। बरामद गरिएको सुन इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ।

 

 


२२ साउन २०८०, सोमवार १३:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु