बैतडीमा अनौठो बच्चाको जन्म: टाउँको तिर खुट्टा पल्टिएको

 बैतडीमा अनौठो बच्चा जन्मिएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षिया सीमा लुहारले टाउँको तिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएको बच्चा जन्माएकी हुन् ।

लुहारले बिहिवार बिहान कटौपानी स्वास्थ्य चौकी दोगडाकेदारमा बच्चाको टाउको तिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै माथि गएको बच्चा जन्माएको अनमी रमिता जोशीले बताइन् ।

अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत अचम्म परेका छन् । लुहारको आर्थिक अवस्था कमजोर छ । उनका श्रीमान भोला लुहार रोजगारीको सिलसिलामा भारत छन् ।


१९ साउन २०८०, शुक्रवार १४:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु