कञ्चनपुरमा एक जनाको शव फेला

कञ्चनपुरमा एक जना पुरुषको शव फेला परेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बाणी स्थित बन्दा नदीको बगरमा पहिचान नखुलेका पुरुष मृत फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय झलारीले नामथर नखुलेका आन्दाजी ३०/३५ वर्षीय पुरुष मृत अवस्थामा बिहीवार साँझ फेला परेको जनाएको छ । सो सम्बन्धमा इलाका प्रहरी कार्यालय झलारीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ।


१९ साउन २०८०, शुक्रवार १२:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु