कञ्चनपुरमा एक युवक मृत फेल
कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिका–३ अनमोल होटेल नजिक बेदकोट–१ चम्फापुरका ३७ वर्षीय लक्ष्मण भट्ट सोमवार साँझ मृत फेला परेका हुन्।
उनी पानीको खाल्डोमा डुबीरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट थप अनुसन्धान भईरहेको जनाइएको छ।
१९ असार २०८०, मंगलवार १४:११ बजे प्रकाशित































