धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका १७ बर्षिय धनिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
से७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।


३१ जेठ २०८०, बुधवार १५:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु