इटालीलाई हराउँदै उरुग्वेले पहिलाे पटक जित्याे यू–२० विश्व कप

उरुग्वेले फिफा यू–२० ९२० वर्षमुनि० को विश्व कप फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनामा हिजो आइतवार राति भएको फाइनलमा उरुग्वेले इटालीलाई १(० गोलले हराउँदै उपाधि जितेको हो । उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रिगेजले गोल गरे ।

तीन पटक फाइनलमा पुगेको उरुग्वेले पहिलो पटक २० वर्षमुनिको विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो ।

त्यस्तै पहिलो पटक २० वर्षमुनिको विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्यो ।

२० वर्षमुनिको विश्व कप उपाधि अर्जेन्टिनाले सबैभन्दा धेरै छ पटक जितेको छ । यस्तै ब्राजिलले ५ पटक यो उपाधि जितेको छ ।


२९ जेठ २०८०, सोमवार ०९:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु