बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प तथा मापन अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ७ बजेर ३८ मिनेटमा बाजुरा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

केन्द्रका अनुसार बाजुरामा मात्रै पछिल्लो एक महिनामा ३ वटा कम्पन महसुस गरिएको छ।

गत वैशाख २८, जेठ ८ र सोमबार बिहान बाजुरामा भूकम्पको कम्पन महसुस गरिएको हो।


२९ जेठ २०८०, सोमवार ०९:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु