बेलैरीमा ३० गतेसम्म गर्मी बिदा

कञ्चनपुरको बेलौरी नगरपालिकाले जेठ ३० गतेसम्म गर्मी बिदा दिने निर्णय गरेको छ ।

गर्मी अत्यधिक बढेपछि नगर प्रमुखस्तरीय निर्णयबाट २६ गतेदेखि ३० गते सम्म विद्यालय बिदा दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले जानकारी दिए ।

पछिल्लो केही दिन यता कैलाली कञ्चनपुरमा अत्याधिक गर्मी बढेको छ । गर्मीले शिक्षक तथा विद्यार्थी प्रभावित भएपछि ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।


२६ जेठ २०८०, शुक्रवार ०५:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु