कैलालीका एक नेताले नै अर्काकी श्रीमती लगेर फरार

नेपाली कांग्रेश (विपी) बाट कैलाली क्षेत्र नम्बर ५ को (२) बाट २०७९ मंसिरमा भएको चुनावमा उम्मेदवार भएका दीपकराज खैर चार छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका छन्। धनगढी उपमहानगरापालीका–२ बैयाबेहडीका खैरले दैलेख निवासी विवाहित महिला गङ्गा क्षेत्रीलाई भगाए भारतको बैंगलोर गएका हुन्।

उनकी श्रीमती जानकी खैरले कैलाली जिल्ला अदालतमा श्रीमान विरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी छिन्। श्रीमानले अर्कैकी श्रीमती भगाएर लगेपछि आफूसहितका चार सन्तानको बिचल्ली भएको गुनासो गरेकी छन्। यसअघि सुदुरपश्चिम प्रदेशसभामा कम्प्युटर अपरेटर पदमा कार्यरत खैरले प्रदेश सभाको अधिकृत रहेको नक्कली परिचयपत्र बनाएका छन्।


२५ जेठ २०८०, बिहीवार १६:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु