प्रधानमन्त्रीले उद्घाटन गरे लुम्बिनी केवलकार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केवलकारको उद्घाटन गरेका छन् । आज बिहान बुटवल गोलपार्कस्थित बटम स्टेशनमा पुगेर प्रधानमन्त्री प्रचण्डले केबलकार उद्घाटन गरेका हुन् ।

यही जेठ १५ गतेदेखि सफ्ट ओपनिङ भएको केवलकारको आज औपचारिक उद्घाटन भएको हो । आईएमई समूहको मुख्य लगानी रहेको केवलकार पाल्पाको तिनाउ गाउँपालिकास्थित वसन्तपुरसम्म करिब ३ किलोमिटर दूरीको छ ।

केवलकारमा २४ वटा गोन्डुला रहेका छन् । वसन्तपुरमा केवलकार संचालनमा आएसँगै बुटवलको पर्यटकीय गन्तव्य थप भएको छ । केवलकारले लुम्बिनी क्षेत्रका आन्तरिकदेखि भारतको गोखरपुर, लखनउसम्मका भारतीय पर्यटकलाई आकर्षित गर्ने बताइएको छ ।


२५ जेठ २०८०, बिहीवार १२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु