यस्तो छ सुदूरपश्चिम प्रदेश सरकारको आगामि आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ( पूर्ण पाठ )
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/ ०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश सरकारले बुधबार प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारले व्यवसायीक कृषिका लागि शून्य ब्याज नारा दिएर नीति तथा कार्यक्रममा राखेको छ। प्रदेश सरकारले धनगढी–अत्तरिया मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ। आगामी आर्थिक वर्ष २०८०/८१ मा मनोरेल सेवा सञ्चालनका लागि अध्ययन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
त्यस्तै सुदूरपश्चिमको पर्यटन विकासका लागि अपि र साइपाल हिमालको बेसक्यापसम्म पैदलमार्ग निर्माणदेखि ‘एक जिल्ला एक उद्योग’ कार्यक्रम सञ्चालनसम्मका विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
त्यस्तैे प्रदेश सरकारले महाकाली, कर्णाली र सेती नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने विषय पनि समावेश गरिएको छ। प्रदेश सरकारले नीजि कम्पनीहरुसँगको साझेदारीमा पर्यटकका लागि तीन नदीमा जल यातायात सञ्चालन गर्ने भन्दै आगामी नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा आकर्षण नारा दिएर ‘प्रदेश सरकार कृषकको सहयोगी’, ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान’, ‘व्यवसायीक कृषिका लागि शून्य ब्याज’, स्थानीय तह एक कृषक पाठशाला, एक जिल्ला एक उद्योग, प्रदेश प्रमुख वस्ती विकास परियोजना लगायत विषय समावेश गरिएको छ।
नीति तथा कार्यक्रम
२५ जेठ २०८०, बिहीवार ००:०४ बजे प्रकाशित













