punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डा. शाही क्यान्सर सचेतना अभियानका लागी सद्भावना दूत नियुक्त

Chaupati
safha napa

बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समिति क्यान्सर सचेतना अभियानका लागि सद्भावना दूत नियुक्त भएका छन् ।

अमेरिका भ्रमणमा रहेका शाहीलाई समितिको सचिवालयको निर्णय अनुसार अध्यक्ष माधव मरासिनीले क्यान्सर सचेतना अभियानका लागि सद्भावना दूत नियुक्त गरेका हुन्। क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा डा. शाहीलाई सोमबार सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको थियो ।

डा. शाहीलाई अध्यक्ष मरासिनीले सम्मान गर्दै थप सफलताको शुभकामना दिए। साथै क्यान्सर रोग निवारणको लागि गरिने अनुसन्धान, रोकथाम ,उपचारका लागि समन्वय समितिको सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। यस्तै महासचिव दिपेश लामाले नेपालमै आधुनिक क्यान्सर अस्पताल खोल्न अत्यन्त आवश्यक रहेको र त्यसको नेतृत्व लिनको लागि डा. शाही लाई आग्रह गरे।

यस्तै डा. शाहीले समितिले गरेको सम्मानलाई आफूले क्यान्सर उत्थान रोकथाम उपचारका क्षेत्रमा गरेको कामको इनामको रुपमा लिएको र यसले क्यान्सरको क्षेत्रमा अझै राम्रो काम गर्न हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले गरेका काम विश्वसामु चिनाउन आफू सदैव लागिपर्ने बताए।

समितिको पहलमा डा. शाहीले नेतृत्व लिने गरि सुविधा सम्पन्न क्यान्सर अस्पताल खोल्ने दुई पक्षबीच सम्झौता भएको छ।

यसैबीच अब छिट्टै बर्दियाको राजापुर नगरपालिकामा ९ वर्ष देखि १५ वर्ष उमेर सम्मका सरकारी विद्यालयमा अध्ययनरत बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँने एचपीभी खोप उपलब्ध गराइने भएको छ ।


१६ जेठ २०८०, मंगलवार १५:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु