नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु देशका लागि ठूलो गद्दारी हो ;भीम रावल
नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु देशका लागि ठूलो गद्दारी हुने बताएका छन् ।
मंगलबाार काठमाडौंमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै रावलले पछिल्लो समय भुटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिए ।
‘नक्कली भुटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउने, प्रहरीलाई दबाब दिने, यस्ता गतिविधि भइरहेका छन् भन्ने बाहिर आएको छ,’ रावलले भने, ‘प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईंहरूलाई देशको माया छ भने अपराधलाई बचाउने, मुद्दालाई कमजोर बनाउने काम गर्नुभयो भने यो देशका लागि ठूलो गद्दारी हुनेछ ।’
तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरू नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ रु भन्दै रावलले प्रश्न गरे । नक्कली भुटानी शरणार्थी प्रकरण ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्रविरोधी कुकृत्य भएको उनको भनाइ छ ।
२७ वैशाख २०८०, बुधवार १४:५० बजे प्रकाशित































