डोनाल्ड ट्रम्प पक्राउ, यस्तो छ कारण

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् ।

अमेरिकी इतिहासमै राष्ट्रपति भइसकेको व्यक्ति पक्राउ परेको यो पहिलो घटना हो । न्यूयोर्क टाइम्सका अनुसार सार्वजनिक आपराधिक गतिविधि गरेको लगायतका विभिन्न ३४ वटा आरोप लागेका छन् । ती आरोपहरुको आदालतमा सुनुवाई भइरहेको छ ।

यसअघि पक्रउ पर्नुअघि उनी मंगलबार अदालतमा हाजिर भएका थिए । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफू निर्दोष रहेको बताएका थिए । अदालतको आदेशपछि उनी औपचारिकरुपमै पक्राउ परेका हुन् ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई तथ्यहरु सार्वजनिक नगर्न भन्दै रकम दिएको, गैरकानुनी तरिकाले सम्पति जम्मा गरेको तथा राष्ट्रपति हुँदा ह्वाइट हाउसबाट महत्वपूर्ण कागजात गायब पारेको लगायतका आरोप लगाइएको छ ।

यस्तै, गएको राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गरी आफ्ना समर्थकलाई संसद भवनमा आक्रमण गर्न उक्साएको लगायतका थुप्रै आरोपहरु उनीमाथि लागेको छ ।


२२ चैत २०७९, बुधवार ०८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु