टीकापुर बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

कैलालीको टीकापुर स्थित टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । अध्यक्षमा नेविसंघका नृप थापासहित सम्पूर्ण प्यानल विजयी भएको हो ।
थापा ४७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्धन्द्धि अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३४२ मत पाए ।

नागरिक विद्यार्थी समाजबाट भिमबहादुर चौधरीले २६६ र अनेरास्ववियु क्रान्तिकारीबाट भूपेन्द्र रावलले २३३ मत पाएका थिए । सचिवमा मनिराज भाट ५१० ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धि नागरिक विद्यार्थी समाजका  अनुज चौधरीले २८७ मत पाए ।  कोषाध्यक्षमा अनिता डंगौंरा थारु ४७४ मत ल्याएर विजयी भए ।

सदस्यमा नेविसंघकै कुलराज भाट, निशा शाह, प्रदीप कुमार चौधरी, सरोज कुमार धामी, पार्वती कुमारी जोशी, इन्द्रबहादुर विक र गिरेन्द्र बोहरा विजयी भएको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिए ।
१६ सय १२ विद्यार्थी मतदाता रहेको टीकापुर बहुमुखी क्याम्पसमा हिजो भएको मतदानमा १३ सय ४३ मत खसेको थियो ।

 


२२ चैत २०७९, बुधवार ०८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु