punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामकाे कमलबजारमा भेटिए प्राचीन मुङ्ग्रा धारा, ऐतिहासिक सम्पदाको उत्खनन जारी

Chaupati
safha napa

अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ सेरामा प्राचीन मुङ्ग्राका धारा भेटिएका छन् । वडा नम्बर ७ सेराको कुलदेवमा प्राचीन मुङ्ग्राका धाराहरू भेटिएका हुन् ।

करिब ४० वर्ष पहिलेको भीषण पहिरोमा ऐतिहासिक धाराहरू पुरिएको स्थानीयको भनाइलाई ध्यानमा राखी वडा अध्यक्ष नृपबहादुर बोहरा र स्थानीयको पहलमा उत्खनन गर्दा कलात्मक धाराहरू भेटिएका हुन् ।

वर्षौं पहिले पहिरोले पुरिएको उक्त स्थान पूर्ण रूपमा उत्खनन हुन बाँकी रहेको वडाध्यक्ष बोहराको भनाइ छ । उनका अनुसार हाल कलात्मक शैलीका दुईवटा आकर्षक धारा देखिएका छन् भने उत्खननको कार्य जारी रहेको छ ।

उक्त स्थान पूर्ण रूपमा उत्खनन हुन बाँकी रहेकाले अन्य संरचनाहरू समेत फेला पर्न सक्ने आकलन गरिएको छ । धेरै वर्षपहिले अछामी राजा देवचन्द्र समालेको राज्यकालमा सेरामा अछामको राजधानीसमेत रहेको स्थानीय जानकारहरू बताउँछन् ।

प्राचीन कालमा भोटे राजाले राज गरेको स्थानसमेत सेरा रहेको र कुलदेवमा उनीहरूले निर्माण गरेका धाराहरू पहिरोले पुरिएका ज्येष्ठ नागरिकहरूको भनाइलाई ध्यानमा राखी वडा कार्यालयले बजेट विनियोजन गरी सम्पदा उत्खनन गर्ने कार्य अगाडि बढाएको बोहराको भनाइ छ ।

ढुङ्गालाई कुँदेर बुट्टासहित मूर्तिको स्वरूप तयार गरी ढुङ्गाकै बीचमा पानी बग्ने गरी बनाइएका धाराहरू आकर्षक र कलात्मक देखिन्छन् । ती धाराहरू कहिले र कसले निर्माण गरेका हुन् भन्नेबारे कुनै पनि लिखित दस्ताबेज भने फेला पार्न नसकिएको वडाध्यक्ष बोहराले बताए ।

 


१९ चैत २०७९, आइतवार ११:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु