मिटरब्याजी पीडितलाई भेट्न स्वास्थ्यकर्मीको टोलीसहित पुगे गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याजी पीडितलाई भेट्न स्वास्थ्यकर्मीको टोलीसहित पुगेका छन् ।
बर्दिवासबाट हेटौंडा हुँदै पैदलै काठमाडौं आएका मिटरब्याजी पीडितहरूले झण्डै एक सातादेखि राजधानीको सडकमा दिनरात गुजारिरहेका छन् ।
सडकमा बस्दा चिसो र धूलोधूवाँका कारण अधिकांश बिरामी समेत परेका छन् ।
सोही कारण उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ स्वास्थ्यकर्मीको टोली समेत लिएर आइतवार उनीहरूलाई भेट्न पुगेका हुन् ।
श्रेष्ठले शुक्रवार मात्र गृहमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए ।
१९ चैत २०७९, आइतवार ११:२६ बजे प्रकाशित































