punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले नेता थापाको टिप्पणी- गठबन्धन सरकार लोभीपापीको झुण्ड हो

Chaupati
safha napa

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सह-इन्चार्ज कर्णबहादुर थापाले अहिलेको गठबन्धन सरकार परिवर्तनविरोधी र यथास्थितिवादी भएको बताएका छन्।

शनिबार पार्टीको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत बेलौरीमा आयोजित अन्तरसंवाद तथा सम्मान कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य थापाले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारलाई ‘लोभीपापीको झुण्ड’को संज्ञा पनि दिए। ‘यिनीहरू परिवर्तनकारी हुन्थे भने एमालेसँगको सहकार्य तोडदैनथे’‚ उनले भने।

एमालेलाई बिहान बास्ने भाले भन्दै पूर्व मन्त्रीसमेत रहेका थापाले भने, ‘एमाले उत्पीडित जनतालाई उज्यालो भयो भनेर संकेत गर्छ, उठ जाग भन्ने सन्देश दिन्छ। त्यसैले हाम्रो पार्टी बिहान बास्ने भाले हो।’

थापाले मिसन ग्रासरुटमा खटिने र नखटिने दुबैथरी नेता, कार्यकर्ताहरूको पार्टीले मूल्यांकन गर्ने बताए। ‘म यति वर्षदेखि पार्टीमा थिएँ भन्ने तर खटाएको ठाउँमा नजाने वा काममा नहिँड्नेहरूलाई अब बिदा गर्नुपर्छ’, उनले भने, ‘प्रदेश कमिटीले खटाएका नेताहरू पनि फिल्डमा हुनुहुन्न भने प्रदेश इन्चार्जलाई लिखित जवाफ दिनुहोला।’

पार्टी केन्द्रका तर्फबाट बेलौरीमा खटिएका केन्द्रीय कमिटी सदस्य सहदेव बोगटीले आफू दुईमहिने ग्रासरुट अभियानमा पार्टी संगठन बनाउन कैलालीमा आएको र तत्पश्चात् कैलालीकै नेता कार्यकर्ताहरूले नै पार्टी बनाउने बताए।

‘हाम्रो प्रतिवेदन कसैलाई सिध्याउने भन्दा पनि सुधार गर्ने खालको हुन्छ’, उनले भने, ‘उम्मेदवारलाई हराउन पार्टीकै मानिस किन लागे भन्ने खोजी उम्मेदवारले गर्नुपर्छ।’

बेलौरी नगर कमिटी अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई केन्द्रीय सदस्य झपट रावल, प्रतिनिधिसभा सदस्य तारालामा तामाङ लगायत प्रदेश र जिल्लाका नेताले सम्बोधन गरेका थिए।


१९ चैत २०७९, आइतवार ०७:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु