आज नयाँ मन्त्रीको नियुक्ति र शपथको तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र सहमति जुटाएर शुक्रवार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
थइल्ल्भ्ह्
क्ष्ःभ् द्यब्ल्प् क्ष्ल्ल्भ्ध्क्
बिहीवारै मन्त्री नियुक्त गर्ने तयारी भए पनि सहमति जुट्न नसक्दा शुक्रवारमा सरेको छ ।
ब्म्ख्भ्च्त्क्ष्क्ःभ्ल्त्
ल्ःद्य द्यब्ल्प्
च्ःऋ त्ब्ल्क्भ्ल्
ल्क्ष्ऋ क्ष्क्ीब्ल्म् द्यइह्
बिहीवार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत सत्तारुढ दलको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ ।
बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शुक्रवार मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएर शुक्रवार नै शपथको कार्यक्रम गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतको सहभागिता थियो ।
सत्तारुढ दलको बैठक सकिएपछि प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरूसँग छुट्टाछुट्टै समेत छलफल गरेका थिए । सत्ता साझेदार दलहरूबीच कांग्रेसले ८, माओवादी ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा नेपालले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीलाई १/१ मन्त्रालय लिने सहमति भएको थियो ।
१७ चैत २०७९, शुक्रवार ०६:०९ बजे प्रकाशित































