punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जनयुद्ध दिवस विरुद्धको रिट दर्ता गर्न आदेश

Chaupati
safha napa

सर्वोच्च अदालतले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस भनेर बिदा दिने सरकारको निर्णयविरुद्ध रिट निवेदन दर्ता गर्न आदेश दिएको छ।

चैत १३ गते ज्ञानेन्द्रराज आरोण, कल्याण बुढाथोकीलगायतले पेश गरेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो।

उक्त आदेशविरुद्ध दिएको परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले दर्ता गर्न आदेश दिएको हो।

हालको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फागुन १ गते जनयुद्धका दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसका विरुद्ध द्धन्द्ध पीडितहरु अदालत गएका हुन्।

अब बिदा दिनेबारे भएको निर्णय उपर न्यायिक परिक्षणका लागि बाटो खुलेको सर्वोच्चले जनाएको छ।


१७ चैत २०७९, शुक्रवार ०६:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु