punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थ्री स्टार क्लब खप्तड गाेल्ड कपकाे फाइनलमा, उपाधिका लागि मनाङसँग खेल्ने

Chaupati
safha napa

थ्री स्टार क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

धनगढी रङ्गशालामा आज बिहीवार भएकाे दाेस्राे सेमिफाइनल खेलमा सुदूरपश्चिम ११ लाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हराउँदै फाइनलमा पुगेकाे हाे । निर्धारित ९० मिनेटकाे खेल १–१ गाेलकाे बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

अब थ्री स्टारले उपाधिका लागि आउँदाे शनिवार मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । मनाङ हिजाे बुधवार भएकाे पहिलाे सेमिफाइनलमा क्यामरुनकाे क्लब एभिनरलाई ६–० गाेलले हराउँदै फाइनल पुगेकाे थियाे ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


१६ चैत २०७९, बिहीवार १९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु