punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा पडाल

Chaupati
safha napa

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा भीम पडाल निर्विरोध निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न संघको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पडालको अध्यक्षतमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा नरबहादुर नेगी, उपाध्यक्षमा योगेन्द्रबहादुर शाही, महासचिवमा सुनिल ओझा, सचिवमा निमप्रसाद मिश्र, कोषाध्यक्षमा गिता अधिकारी चयन भएका छन् । यस्तै जनकराज भट्टराई, घनश्याम ओझा, डिल्लीराज ओझा, खेमराज भट्ट, सुरबहादुर चन्द रुपकबहादुर विष्ट, खेमराज दाहाल, विपिन आचार्य र बासुदेव जोशी सदस्यमा चयन भएका हुन् ।

यसअघि संघको साधारण सभा तथा अधिवेशनको नेपाल पुस्तक व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सञ्जय कुमार चौधरीले उद्घाटन गरेका थिए । सो अवसरमा उनले अंकित मूल्यमामात्र पुस्तक विक्री वितरण गर्न व्यवसायीहरुसंग अनुरोध गरे ।


४ चैत २०७९, शनिवार २०:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु