punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

Chaupati
safha napa

विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन्।

कीर्तिपुरमा भएको खेलमा डिएलएस मेथडका आधारमा ३११ रनको लक्ष्य दिएको युएईलाई नेपालले ९ रनले पराजित गरेको हो।

विश्वकप छनोटमा पुगेको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गर्दै लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा क्रिकेट टीम र प्रशिक्षकलाई बधाई दिएका छन्।

प्रधानमन्त्री प्रचण्ड आज बिहान खेलाडीहरुको मनोबल बढाउन कीर्तिपुरस्थित त्रिवि मैदान पनि पुगेका थिए।

 


२ चैत २०७९, बिहीवार १८:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु