punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अध्यक्ष कप भलिबलको उपाधि शुक्लाफाँटालाई

Chaupati
safha napa

डडेल्धुराको पर्शुराम नगरपालिका-४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयमा आयोजित अध्यक्ष कप खुल्ला महिला भलिबल प्रतियोगितामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रथम भएको छ।

९ वटा महिला भलिबल टिमको प्रतिस्पर्धा रहेको प्रतियोगितामा द्वीतिय स्थान बैतडी भलिबल संघ र तृतीय स्थान कैलालीको सृजनशील युवा क्लब (सिवाईसी) अत्तरियाले हासिल गरेको छ।

भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार १११ नगद, द्वीतिय हुनेलाई २५ हजार १११ र तृतीय हुनेलाई १३ हजार १११ नगद पुरस्कारसहित ट्रफि र प्रमाण पत्र प्रदान गरिएको शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिए।

प्रतियोगितमा प्रथम हुने शुक्लाफाँटा नगरपालिकाको महिला टिमले बैतडी खेलकुद संघको टिमलाई फाइनल खेलमा ३–१ को सेटमा पराजित गरेको छ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख महराले खेलकुदका भौतिक पूर्वाधार, खेलमैदान, खेलकुद सामग्री पर्याप्त नभए पनि नगरपालिकाका खेलाडीहरुले प्रतियोगितमा देखाएको उच्च प्रदर्शनको प्रशंसा गरेका छन्।

‘आउँदो आवमा खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्छौं‚’ उनले भने, ‘खेलकुद सामग्री र खेलमैदान निर्माणको कार्यलाई प्राथमिकतामा राख्छौं।’

खेलकुद क्षेत्रको विकासका लागि नगरस्तरीय कभर्ड हल निर्माण गर्न ३ करोड ४६ लाखको ठेक्का सम्झौता अगाडि बढाइएको उनले जानकारी दिए।

 


२ चैत २०७९, बिहीवार ०६:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु