punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्ववियु निर्वाचन : गोकुलेश्वर क्याम्पसमा सहमतिमा उम्मेदवारी दर्ता, कुन पद कुन सङ्गठनलाई ?

Chaupati
safha napa

दार्चुला । दार्चुलाको गोकुलेश्वर क्याम्पसमा सहमतिको आधारमा तीन दलका विद्यार्थी सङ्गठनले उम्मेदवारी दर्ता गराएका छन् ।

ती सङ्गठनले भागबन्डाअनुसारका पदहरूमा मनोनयन दिएका हुन् । जसअनुसार अध्यक्षमा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी), सचिवमा एमाले निकट अनेरास्ववियु र कोषाध्यक्षमा कांग्रेस निकट नेविसंघले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीका नवीन विष्टको एकल उम्मेदवारी परेको छ । सचिवमा अनेरास्ववियुका ज्ञानेन्द्र गोयला र कोषाध्यक्षमा नेविसंघका जगदीश विष्ट रहेका छन् ।

अन्य सात सदस्यमध्ये अनेरास्ववियु क्रान्तिकारीका हसिला चन्द र नेविसंघका गोविन्द सिंह डाँगा रहेका छन् । बाँकी पाँच जनामा अनेरास्ववियुका रुद्रसिंह विष्ट, केशव दत्त जोशी, मनीषा साउद र लक्ष्मी जोशीको एकल उम्मेदवारी परेको छ ।

गोकुलेश्वर क्याम्पसले भने सबै पदमा एकल उम्मेदवारी परे पनि दाबी विरोधपछि मात्रै घोषणा गरिने बताएको छ । यहाँ चैत ८ गते निर्वाचन हुँदै छ ।


१ चैत २०७९, बुधवार २२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु