सुदूरपश्चिममा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार सुझाव कार्यदल गठन , यी हुन् आजका अन्य मन्त्रीपरिषद्का निर्णय
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले डा.हेमराज पन्तको संयोजकत्वमा ३ सदस्यीय शिक्षा क्षेत्र सुधार सुझाव कार्यदल बनाउने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै डा .गणेश बहादुर सिंहको संयोजकत्व ३ सदस्यीय स्वास्थ्य क्षेत्र सुधार सुझाव कार्यदल समेत गठन गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । दुबै कार्यदललाई काम सुरु गरेको दिन देखि ३५ दिनको कार्य अवधि तोकिएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि २०७९ पास गरेको छ र बजेट सिलिङ कम्तीमा २५ लाख बनाइने भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि २०७९ स्वीकृत गरिएको छ । यसमा बजेट सिलिङ कम्तीमा ५० लाख बनाइएको छ ।
साथै दुई वटै कार्यविधि कार्यान्वयनमा उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने सवाललाई निरुत्साहित गर्ने सरकारले लक्ष्य लिएको छ ।
१ चैत २०७९, बुधवार २१:३० बजे प्रकाशित































