punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा एमाले नेता गुरुङले भने– प्रचण्डका कारण देश अस्थित बन्दै गयो

Chaupati
safha napa

कैलाली । नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री पार्वत गुरुङले पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनैतिक स्थिरता हुन नसकेको बताएका छन्।

कैलालीको धनगढीमा मानवअधिकार एलायन्सको सुदूरपश्चिम प्रदेश अधिवेशनमा बोल्दै उनले प्रचण्ड अस्थिर नेता रहेको र उनकै कारण पनि देश अस्थित बन्दै गइरहेको बताए ।
उनले भने, ‘प्रचण्डजस्ता अस्थिर मान्छे हुँदासम्म मुलुकले स्थिरता पाउँदैन। प्रधानमन्त्री पदका लागि पुरानो गठबन्धनबाट एमालेको समर्थन खोज्ने, फेरि कांग्रेसलाई साथ दिनेजस्ता अविश्वसनीय कामले भावी राजनीतिप्रति समेत वितृष्णा जगाएको छ।’

राजनीतिक स्थायित्व कायम गर्ने अन्तिम मौका पाएका प्रचण्डले त्यो पनि गुमाएको उनको आरोप थियो । गुरुङले आफ्नो प्रतिबद्धता र इमानदारीमा रहनुपर्ने प्रधानमन्त्रीले नै बेइमान गरेको भन्दै जनताले सजाय दिनेसमेत चेतावनी दिए ।


१४ फागुन २०७९, आइतवार ०६:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु