एसपीए कलेजद्वारा मानव सेवा आश्रमलाई एक लाख आर्थिक सहयोग
कैलालीको धनगढीमा रहेको एसपीए कलेजले धनगढीको तारानगरस्थित मानव सेवा आश्रमलाई एक लाख रुपियाँ सहयोग गरेको छ । आफ्नो रजत जयन्तीको अवसर पारेर कलेजले आश्रममा रहेका आश्रितहरूका लागि आर्थिक सहयोग गरेको हो ।
सो आश्रममा अहिले ५२ जना असहाय ज्येष्ठ नागरिक रहेका छन् । कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले बिहीबार आश्रमका सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकाललाई एक लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् ।
सो क्रममा शाहीले रजत जयन्तीमा भड्किलो कार्यक्रम गर्नुभन्दा खर्च कटाएर मानवताका लागि आश्रमलाई सहयोग गरेको बताए। आश्रितहरूको खाना, बस्न, औषधोपचारमा सहयोग पुगोस् भनेर कलेजले आर्थिक सहयोग गरेको उनको भनाइ छ ।
११ फागुन २०७९, बिहीवार १६:०२ बजे प्रकाशित































