punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा छैटौँ मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप हुँदै, आयोजक र खेलकुद परिषद् बिच सहमति पत्रमा हस्ताक्षर

Chaupati
safha napa

कैलाली । कैलालीको धनगढीमा छैटौँ मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप हुने भएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लवले प्रतियोगिताको तयारी सुरु भइसकेको जानकारी दिएको हो ।

क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको मिति अझै निर्धारित नभए पनि प्रतियोगिता हुने बारे पत्रकारहरूलाई जानकारी दिएका छन् । उनले प्रतियोगितामा २ विदेशी टिम सहित १० टिमको सहभागिता हुने बारे पनि जानकारी दिए ।

यसबिच आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब र प्रदेश खेलकुद परिषद्बिच छैटौँ मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपबारे समझदारीको हस्ताक्षर भएको छ ।

खेलकुद परिषद् अध्यक्ष दीपक बहादुर सिंहले प्रतियोगिता आयोजना गर्ने बारे आवेदन खुल्ला गरिएको र आवेदनका आधारमा सुदूरपश्चिम ११ स्पोर्स क्लबसँग सहकार्य हुन लागेको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा सबे खेलहरूको सम्भावना रहेको भन्दै प्रदेश सरकारले पनि खेलकुदलाई प्राथमिकता दिएको सिंहको भनाइ थियो।


११ फागुन २०७९, बिहीवार १४:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु