एमालेको उम्मेदवार राष्ट्रपति नभए सरकारमा नरहने योगेश भट्टराईको चेतावनी
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति नभएमा सत्ता गठबन्धनबाट बाहिरिने बताएका छन् । पुस १० गते वर्तमान सत्ता साझेदार सात दलहरूबिच भएको सहमतिअनुसार एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुनुपर्ने उनको भनाइ छ ।
एमालेले सञ्चालन गरेको पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गतको दुई महिने ‘मिसन ग्रासरुट’ कार्यक्रमको सन्दर्भमा रुकुम पश्चिम आएका बेला पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै प्रस्तावमा वर्तमान सत्ता गठबन्धन बनेकाले यही सत्ता गठबन्धन कायम रहने विश्वास व्यक्त गरे । राष्ट्रिय सहमतिको पक्षमा एमालेको विमति नरहेको तर सत्ता गठबन्धनबाटै राष्ट्रपति हुनुपर्ने अडान रहेको उनको भनाइ छ र
प्रधानमन्त्रीले अहिलेको सत्ता साझेदारी टुटेको घोषणा नगरेको उल्लेख गर्दै उनले हरेक राजनीतिक दलहरू निर्णय लिन स्वतन्त्र रहेको बताए ।
। नेपाली कांग्रेस, माओवादीसहितको पुरानै गठबन्धनको तर्फबाट राष्ट्रपति चयन भएमा एमालेको भूमिका के रहन्छ रु भन्ने जिज्ञासामा सचिव भट्टराईले एमालेले दुइटा डुङ्गामा खुट्टा नराख्ने, सरकारमा नरहने अवस्था आउने बताए ।
११ फागुन २०७९, बिहीवार १४:०३ बजे प्रकाशित































