धनगढीका पत्रकार थापा अस्वस्थ, आर्थिक सहयोगको अपिल
कैलाली । धनगढीका पत्रकार राजेन्द्र थापा अस्वस्थ भएका छन् । उच्च रक्तचापका कारण अस्वस्थ भएका थापालाई अहिले काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
केही समय अघि देखी अस्वस्थ रहेका थापालाई दुई साता अघिबाट उपचारका काठमाडौँ लगिएको थियो । नाकबाट उच्च रक्त श्राप का कारण आजबाट उनलाई अस्पताल भर्ना गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनमा थापाले फोटो पत्रकारिता मार्फत ठुलो योगदान दिएका थिए । उनी प्रेस चौतारी प्रदेश कमिटी सदस्य समेत हुन् ।
आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भइरहेको उनको श्रीमती रेखा भट्टले बताइन् । दुई साता सम्मको उपचारमा भएको रकम सकिएपछि अहिले थप उपचारमा समस्या भइरहेको छ । उनले सबैलाई सहयोग गरिदिन समेत अपिल गरेकी छन् ।
उनले ग्लोबल आइएमी बैङ्कमा राजेन्द्र थापाको नाममा रहेको २०४०७०१०१२५१०९ नम्बरको खातामा सक्दो सहयोगका लागि अपिल गरेकी हुन् ।
राजेन्द्र थापाको ९८४८५७७८११ नम्बरको मोबाइलमा समेत रकम जम्मा गर्न सकिने जनाइएको छ ।
११ फागुन २०७९, बिहीवार ०९:४६ बजे प्रकाशित































