punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा जिप दुर्घटना, ४ जना घाइते

Chaupati
safha napa

बझाङमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ पिपलतोलामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन्।

बुधबार दिउँसो छविसपाथिभेरा गाउँपालिकाको केन्द्रबाट छविसपाथिभेरा गाउँपालिकाको भाडेबजारतिर आइरहेको से १ ज ११२० नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए।

दुर्घटनामा घाइते हुनेमा सुर्मा गाउँपालिका–५ की ६० वर्षीया फुलू बोहरा, सोही ठाउँका २३ वर्षीय मधुराज जेठारा, ५० वर्षीया देवी बोहरा र छविसपाथिभेरा गाउँपालिका–३ की २० वर्षीया गंगा भट्ट रहेका छन्।

घाइते फुलू बोहराको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि धनगढी रिफर गरिएको छ। अन्य ३ जनाको अवस्था भने सामान्य रहेको र जिल्ला अस्पताल सिमखेतमा उचार भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

दुर्घटनाको कारण भने खुलेको छैन। जिपचालक छविसपाथिभेरा गाउँपालिका–५ का शिवराज बोहरा प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। चालक बोहराले ब्रेक नलागेर जिप सडकको भित्तामा ठोकिएको बताए।


११ फागुन २०७९, बिहीवार ०६:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु