punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजबाट धनगढीमा नेपालमै ठुलो धनराशिको ब्याडमिन्टन प्रतियोगिता सुरु हुँदै

Chaupati
safha napa

धनगढीमा आजबाट नेपालमै ठुलो धनराशिको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराइएको हो ।

प्रहरी पब्लिक क्लवले आयोजना गर्न लागेको प्रतियोगिता मुलुककै सबै भन्दा ठुलो धनराशिको भएको दाबी गरिएको छ । प्रतियोगिताको विजेताले १ लाख २१ हजार प्राप्त गर्ने छन् । उपविजेताले ७१ हजार र तृतीय हुने टिमले ५१ हजार पाउने छन् ।

ब्याडमिन्टन प्रतियोगिता तीन विधामा खेलाइने भएको छ । राष्ट्रिय खेलाडी सहितको उपस्थितिमा हुने प्रतियोगितामा २० टिम सहभागी छन् । यस बिधाका विजेताले १ लाख २१ हजार प्राप्त गर्ने छन् ।
राष्ट्रिय खेलाडी नभएका टिमले पनि प्रतियोगितामा सहभागिता जनाएका छन् । यस्ता ५७ टिम रहेका छन् । यसका विजेताले ३१ हजार उपविजेताले २१ हजार र तेस्रो हुने टिमले ११ हजार पाउने छ ।

४५ बर्ष माथि उमेर समूहका २३ टिम सहभागी छन् । यी बिधाका विजेताले ५१ हजार उपविजेताले ३१ हजार र तेस्रो हुने टिमले २१ हजार रकम प्राप्त गर्ने छ । भोली बिहान ८ बजे देखी प्रतियोगिता सुरु हुने प्रशिक्षक मेघराज कठायतले जानकारी दिए ।

धर्मपसुपति स्मृति ओपन ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन आज बिहान १० बजे एसएसपी गणेश चन्दले गर्ने छन् ।


११ फागुन २०७९, बिहीवार ०६:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु