punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चर्को ब्याजदर विरुद्ध धनगढीका व्यवसायी आन्दोलित

Chaupati
safha napa

बैङ्क तथा वित्तीय संस्थाले चर्को ब्याजदर लिएको भन्दै धनगढीका व्यवसायी आन्दोलित भएका छन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा धनगढीबाट व्यवसायीले चर्को ब्याजदर विरुद्ध प्रदर्शन गरेका हुन् ।उनीहरुले तत्काल ब्याजदर घटाउन माग गरेका छन् ।

धनगढी चौराहादेखि पार्क मोडसम्म निकालिएको विरोध र्‍यालीमा सरकार र नेपाल राष्ट्र बैकविरुद्ध व्यवसायीले नाराबाजी गरेका थिए ।

एक अङ्कको ब्याजदर कायम हुनुपर्ने, बैङ्कहरूको आन्तरिक खर्च कटौती गरी स्पे्रड दर ३ प्रतिशत कायम गर्नुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिनुपर्ने, व्याज बुझाउने म्याद ३५ दिनसम्म राख्नुपर्ने जस्ता माग पनि उनीहरुले गरेका छन् ।

प्रदर्शनमा होटेल व्यवसायी सङ्घ, मदिरा व्यवसायी सङ्घ, इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन, नेपाल सुनचाँदी व्यवसायी महासङ्घ लगायतका सङ्घसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् ।


९ फागुन २०७९, मंगलवार १४:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु