punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ठेक्का लिएर काम नगर्ने पाँच निर्माण कम्पनी कालोसूचीमा

Chaupati
safha napa

सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । निर्माणको जिम्मा लिएर समयमै काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । विभिन्न नगरपालिका तथा कार्यालयहरूबाट लेखी पठाएको आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा पर्नेमा कल्पना कन्स्ट्रक्सन गुलरिया नगरपालिका–६, बर्दिया, जय गढीमाई निर्माण कन्स्ट्रक्सन राप्ती–६ चितवन, गुण निर्माण सेवा हेटौंडा, मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि रसुवा र इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ड क्राफ्ट प्रालि चितवन रछन् । मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिलाई दुई वर्ष र अन्यलाई एकरएक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि यो नियम लागू हुने भएकाले उक्त निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायलाई कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । यी कम्पनीहरूलाई निर्माणको ठेक्का लिएर समयमै काम नसकिएपछि कालोसूचीमा राखिएको जनाइएको छ ।

 


९ फागुन २०७९, मंगलवार ११:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु