punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैंक र वित्तीय संस्थाविरुद्ध धनगढीमा व्यवसायीको विरोध प्रदर्शन

Chaupati
safha napa

बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको नीतिमा सुधारको माग गर्दै व्यवसायी आन्दोलनमा उत्रिएका छन्। बैंक तथा वित्तीय संस्थाका कारण व्यवासायीलाई मर्का परेको भन्दै सुधारका लागि १० बुँदे माग राख्दै आन्दोलन थालेका हुन्।

मंगलवार बिहानैदेखि कैलाली उद्योग वाणिज्य संघलगायत अन्य व्यावसायिक संघ सस्थाले धनगढीमा विरोध प्रदर्शन तथा आन्दोलन गरेका हुन्।धनगढीको चौराहदेखी पार्कमोडसम्म विरोध र्‍याली निकालेका उनीहरूले सरकार, नेपाल राष्ट्र बैंकविरुद्ध नाराबाजी समेत गरेका छन्। अहिले उनीहरूको पार्कमोडमा विरोध कोणसभा जारी छ।

व्यवसायीले एक अंकको ब्याजदर कायम हुनुपर्ने, बैंकहरूको आन्तरिक खर्च कटौती गरी स्प्रेड दर ३ प्रतिशन हुनुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिइनु पर्ने, ब्याज बुझाउने म्याद ३५ दिन सम्म नियमित मान्नुपर्ने, लिलाम प्रक्रिया स्थगित गरिनुपर्ने र कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न कार्यक्रम ल्याउनुपर्ने माग राखेका छन्।

विरोध प्रदर्शनमा होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नाट्टा सुदूरपश्चिम, हार्डवेयर व्यवसायी संघ, होलसेल व्यवसायी संघ, निर्माण व्यवसायी संघ, ब्युटी पार्लर व्यवसायी संघ, तरकारी तथा फलफूल व्यवसायी संघ र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनले ऐक्यबद्धता जनाएका छन्।

 


९ फागुन २०७९, मंगलवार ११:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु