सुदूरपश्चिम माओवादको पदाधिकारी बैठक आज पनि बस्दै, विश्वासको मत बारे होला त निर्णय ?
कैलाली । सुदूरपश्चिम प्रदेश माओवादी पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । हिजो कैलालीको गौरिगंगामा बैठक बसेको थियो । आज भने धनगढीमा बैठक बस्न लागेको हो ।
बैठकमा अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेर आएकाहरुको व्यवस्थापन, सचिवालय गठन र सरकारका बिषयमा छलफल हुने बताइएको छ ।
हिजोको बैठकमा पनि यही बिषयमा छलफल भएको थियो ।। हिजो कुनै निर्णय नभएको र आज निर्णय हुने माओवादी स्रोतले बताएको छ ।
सरकारलाई विश्वासको मत दिने बिषयमा आज पनि ठोस निर्णय नहुने बुझिएको छ । ‘यो केन्द्रबाटै निर्धारण हुने बिषयमा भएको हुँदा प्रदेशमा निर्णय नहुन सक्छ’ एक पदाधिकारीले भने ‘तर, सरकारलाई विश्वासको मत दिने र नदिने भन्ने बिषयमा भने गम्भीर छलफल भइरहेको छ।’
९ फागुन २०७९, मंगलवार ०८:५८ बजे प्रकाशित































