टी-२० महिला विश्वकपमा भारत सेमिफाइनलमा प्रवेश
आईसीसी विश्वकप टी २० महिला क्रिकेटमा भारत सेमिफाइनलमा प्रवेश गरेको छ। गयराति भएको खेलमा डीएल नियममा आयरल्याण्डलाई ५ रनले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको हो। समूह बीमा रहेको भारतसँगै यसघि नै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनाइस्केको छ। इंग्ल्याण्ड तीन खेलबाट तीन जित र ६ अंक जोडेको छ। समूहको अन्तिम खेल पाकिस्तानसँग खेल्नुपर्नेछ।
यस्तो अवस्थामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदा सेमिफाइनल पुग्ने लगभग निश्चित छ। योसँगै भारतीय टोली दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने छ। इङ्ल्यान्डको नेट रन रेट ं१।७७६ हो। पाकिस्तानसँगको हारपछि पनि इंग्ल्याण्डको टोली पहिलो स्थानमा रहन सक्छ। भारतको नेट रन रेट ं ०।२९० छ। समूह ‘बी’ बाट वेष्ट इन्डिज, आयरल्याण्ड र पाकिस्तानका टोली प्रतियोगिताबाट बाहिरिएका छन्।
यदि भारतीय टोली दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुग्यो भने अन्तिम चारमा उसले विश्व च्याम्पियन अष्ट्रेलियासँग खेल्नेछ। भारतका लागि फाइनल पुग्ने बाटो सहज हुनेवाला छैन। अहिलेसम्म समूह ‘ए’ बाट अष्ट्रेलियाले मात्र चार खेलमा जित हात पार्दै सेमिफाइनल पुगेको छ। योसँगै दोस्रो स्थानका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच भिडन्त भइरहेको छ। समूह ‘ए’ मा दोस्रो स्थानको टोलीले सेमिफाइनलमा इंग्ल्याण्डको सामना गर्नेछ। पहिलो सेमिफाइनल फेब्रुअरी २३ मा र दोस्रो सेमिफाइनल २४ फेब्रुअरीमा हुनेछ। फाइनल खेल २६ फेब्रुअरीमा केप टाउनमा हुनेछ।
क्जबाबष् िख्भचmब बलम क्mचष्तष् ःबलमजबलब दगmउ ाष्कतक दभायचभ धबपिष्लन यगत तय दबत, क्ष्लमष्ब खक क्ष्चभबिलम, न्चयगउ द्द, क्ष्ऋऋ ध्यmभलुक त्द्दण् ध्यचमि ऋगउ, न्त्रभदभचजब, ँभदचगबचथ द्दण्, द्दण्द्दघ
भारतीय महिला क्रिकेट टोली पाँचौं पटक यस प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। यसअघि टोली सन् २००९, २०१०, २०१८ र २०२० मा अन्तिम चारमा पुगेको थियो। भारतीय टोली लगातार तेस्रो पटक सेमिफाइनलमा पुगेको छ। सन् २०२० को अन्तिम संस्करणमा भारत उपविजेता बनेको थियो। उनी फाइनलमा अस्ट्रेलियासँग पराजित भएका थिए।
भारतले आयरल्याण्डलाई १ सय ५६ रनको लक्ष्य दिएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको टीम इन्डियाले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। स्मृति मन्धाना शतक बनाउनबाट चुकेकी छिन्। उनी ५६ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै ८७ रन बनाएर आउट भइन्। टी–२० अन्तर्राष्ट्रियमा उनको यो उत्कृष्ट इनिङ्स हो। मन्धाना बाहेक अन्य कुनै पनि भारतीय ब्याट्सम्यानले खास केही गर्न सकेनन्। मन्धनाले शेफालीसँग ओपनिङ विकेटका लागि ६२ रनको साझेदारी गरेकी थिइन्।
शेफाली २९ बलमा तीन चौकाको मद्दतले २४ रन बनाएर आउट भइन्। यसपछि मन्धनाले कप्तान हरमनप्रीत कौरसँग दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेकी थिइन्। आयरल्याण्डका कप्तान एल डेलानीले १६ औं ओभरमा लगातार दुई बलमा हरमनप्रीत र ऋचा घोषलाई प्याभिलियन पठाए। हरमन २० बलमा १३ रन बनाएर आउट भए।
यसैबीच ऋचाले खाता पनि खोल्न सकिनन्। यसपछि मन्धनाले टी–२० अन्तर्राष्ट्रिय करियरको २२ औं अर्धशतक छक्का प्रहार गरिन्। यो विश्वकपमा उनको यो दोस्रो अर्धशतक हो। १९ औं ओभरमा भारतलाई ठूलो स्कोरमा पु¥याउने क्रममा मन्धना क्याच आउट भइन्। उनी १९औं ओभरको चौथो बलमा ओर्ला प्रेन्डरगास्टको हातमा ग्याबी लुइसको हातमा कैच आउट भए। त्यसपछिको बलमा प्रेन्डरगास्टले दीप्ती शर्मालाई डेम्प्सीले क्याच दिइन्। दीप्तीले खाता खोल्न सकिनन्।
इनिङ्सको अन्तिम बलमा जेमिमा रोड्रिग्ज पनि आउट भइन्। उनले १२ बलमा तीन चौकाको मद्दतले १९ रन बनाउन सक्इन्। पूजा वस्त्रकारले दुई रन बनाएर अविजित रहिन्। आयरल्याण्डका लागि डेलानीले तीन र प्रिन्डरगास्टले दुई विकेट लिए। अर्लेन केलीले एक विकेट लिइन्।
जवाफमा आयरल्याण्डको टोलीले खराब सुरुवात गरेको थियो। आयरल्याण्डको टोलीलाई इनिङ्सको पहिलो ओभरमा नै दुई हार बेहोरेको थियो। एमी हन्टर इनिङ्सको पहिलो बलमै रनआउट भइन्। दुई रन बनाउने क्रममा हन्टरले आफ्नो विकेट गुमाए। उनले एक रन बनाउन सकेकी थिइन्। त्यसपछि पाँचौं बलमा रेणुकी सिंहले प्रिन्डरगास्टलाई क्लिन बोल्ड गरिन्। खाता पनि खोल्न सकिनन्।
वर्षाले खेल रोकिँदासम्म आयरल्याण्डले ८।२ ओभरमा दुई विकेट गुमाएर ५४ रन बनाएको थियो। तर, डकवर्थ लुइस पद्धतिअनुसार वर्षाका कारण खेल रोकिएको बेला भारत पाँच रनले अगाडि थियो।
अर्थात् आयरल्यान्डले यो खेल जित्नुपर्ने हो भने ८।२ ओभरमा ५९ रन बनाउनु परेको थियो। आयरल्यान्ड डकवर्थ लुइस विधिबाट पाँच रन पछाडि थियो र त्यो निर्णायक कारक साबित भयो।
९ फागुन २०७९, मंगलवार ०७:०५ बजे प्रकाशित































