आज थप १०८ जनामा कोरोना संक्रमण, १३९ जना डिस्चार्ज
काठमाडौं, असार २५ । नेपालमा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज देशभर १ सय ८ जनामा कोरोना संक्रमित थपिएको जनाएको छ ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १ सय ८ जनामा संक्रमण देखिएको जानकारी दिए ।
उनकाअनुसार आज १ सय ३९ जना संक्रमित निको भएर घर फर्किएका छन् । उनले विस्तारै आइसोलेन र क्वारेन्टाइनमा संक्रमितको संख्या घट्दै गइरहेको बताए ।
२५ असार २०७७, बिहीवार १०:५४ बजे प्रकाशित































