punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अन्तत: गुम्यो सरिता गिरीको सांसद पद

Chaupati
safha napa

काठमाडौं, असार २५ । समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद गुमेको छ। संघीय संसद सचिवालयले गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको हो।

समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी आयोगलाई दिएको थियो। संसद सचिवावलयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकापशत गरेका हुन्।

गिरीले नेपालको नयाँ नक्साको विरोध गर्दै आएकी थिइन् । सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन्। त्यस्तै गिरीले विधेयकको विरोधमा संशोधन समेत दर्ता गराएकी थिइन्।


२५ असार २०७७, बिहीवार १०:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु